पेट्रोल पम्पमा आगो लाग्दा ३० जनाको मृत्यु, सयभन्दा बढी घाइते

पेट्रोल पम्पमा आगो लाग्दा ३० जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी : रुसको दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्। ​​​​​

बीबीसीका अनुसार माखचकलामा रहेको पेट्रोल पम्पमा सोमबार राति उक्त दुर्घटना भएको हो। अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा आगो पूर्ण रुपमा निभाइएको छ।

रुसी स्वास्थ्य मन्त्रालयले भने मखाचकलाका अस्पतालमा धेरै घाइते भर्ना भएकाले मृत्तकको सङ्ख्या अझ बढ्न सक्ने बताएको छ। 

दागेस्तानका प्रमुख मेलिकोभले दुर्घटनाको अनुसन्धान भइरहेको जनाउँदै व्यक्तिगत लापरबाहीका कारण घटना भएको हो वा होइन भन्ने यकिन भइनसकेको बताएका छन्।

साउन ३०, २०८० मंगलबार १३:१३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।