हसरंगाले लिए २६ वर्षको उमेरमै टेस्टबाट सन्न्यास, फ्रेन्चाइज लिगलाई प्राथमिकता
एजेन्सी : हालको विश्व क्रिकेटका चर्चित स्पिनर वानिन्दु हसरंगाले २६ वर्षको उमेरमै टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।
श्रीलंकन स्टार स्पिनर हसरंगाले छोटो फर्म्याटको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्न्यास लिने निर्णय लिएका हुन्। विशेषगरी फ्रेन्चाइज लिगहरुमा फोकस गर्न उनले टेस्ट क्रिकेटबाट सन्न्यास लिएको बुझिएको छ।
ब्याटिङको पनि खुबी भएका हसरंगालाई हालको उत्कृष्ट अलराउन्डरको रुपमा लिइन्छ। सन् २०२० मा दक्षिण अफ्रिकाविरुद्ध टेस्टमा डेब्यू गरेका उनले ४ वटा मात्र टेस्ट खेलेका छन्। सन् २०२१ देखि यता उनी श्रीलंकन टेस्ट टिममा परेका पनि थिएनन्।
साउन ३०, २०८० मंगलबार १२:४१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।