‘विजनेश’ नभएपछि दुई पटक स्थगित गण्डकी प्रदेशसभा बैठक आज बस्दै
गण्डकी : गण्डकी प्रदेशसभा बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ। ‘विजनेश’ नभएपछि बैठक दुई पटकसम्म स्थगन भएको थियो।
आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ।
सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताए। यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले विजनेश दिन नसकेपछि स्थगन भएको थियो।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनी संसद्’ मानिने विषयगत समिति अझै गठन हुनसकेको छैन। प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहनेछन्।
साउन ३०, २०८० मंगलबार ११:४१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।