काठमाडौंको मेयर पदमा हारेका केशव स्थापितले एमाले छाडे

काठमाडौंको मेयर पदमा हारेका केशव स्थापितले एमाले छाडे

काठमाडौं : काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित एमालेबाट बिदा भएका छन्।

स्थानीय तह निर्वाचनमा दोस्रो पटक उठ्दा पराजित भएका उनी एमालेका केन्द्रीय कमिटीबाट बिदा भएका हुन्।

उनी आफैंले पार्टी कमिटीबाट अलग हुन चाहेको कारण एमालेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा गरेको बताइएको छ। योसँगै स्थापितले सक्रिय राजनीतिबाट बिदा लिएको र अब केही नयाँ गर्ने बताएका छन्।

एमालेले स्थापितसँगै सिरहाका प्रमोद यादवलाई पनि केन्द्रीय सदस्यबाट बिदा गरेको छ।

साउन ३०, २०८० मंगलबार ११:०५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।