मुगु जिप दुर्घटना : मृत्यु हुने चारै जना हुम्लाका

मुगु जिप दुर्घटना : मृत्यु हुने चारै जना हुम्लाका

सिमकोट : मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन्। 

मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए।

सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटना भएको थियो। जिपमा चालकसहित नौ जना सवार रहेका थिए। 

मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका राम परियार, पिउस परियार भएको शोरु प्रहरी चौकीले सनाखत गरेको छ।

जिपमा सवार हुम्लाका पाँच जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा तारापानी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको छ।

दुर्घटनामा परी चालकसहित घाइते भएका अन्य सबैको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि मुगु जिल्ला बाहिर लैजानुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

साउन ३०, २०८० मंगलबार ०७:३४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।