नक्कली शैक्षिक प्रमाण पत्रको आशङ्कामा सिटिजन्स बैङ्कका ६ कर्मचारी पक्राउ

नक्कली शैक्षिक प्रमाण पत्रको आशङ्कामा सिटिजन्स बैङ्कका ६ कर्मचारी पक्राउ

काठमाडौँ : नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा बैङ्कमा काम गरेको आरोपमा सिटिजन्स बैङ्कका ६ जना कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार उनीहरूलाई पक्राउ गरेको हो।

बैङ्कका विभिन्न शाखामा काम गरिरहेका उनीहरूले पेस गरेको शैक्षिक प्रमाण पत्र नक्कली भएको सूचनाको आधारमा प्रहरीले सोमबार उनीहरूलाई पक्राउ गरेको थियो।

उता प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सा पेसामा रहेको आरोपमा चिकित्सकहरू पक्राउ गरिरहेको छ।

साउन २९, २०८० सोमबार २१:४३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।