गायन रियालिटी शोमा थपिँदै दोहोरी आइकन, मङ्गलवारबाट फिजिकल अडिसन

गायन रियालिटी शोमा थपिँदै दोहोरी आइकन, मङ्गलवारबाट फिजिकल अडिसन

काठमाडौँ : टेलिभिजन रियालिटी शोको भिडमा अर्को कार्यक्रम ‘दोहोरी आइकन’ समेत थपिएको छ। कार्यक्रमको फिजिकल अडिसन समेत सुरु हुन लागेको छ।

आयोजकका अनुसार मङ्गलवारदेखि चाबहिलको पहेँलो पुलमा रहेको एजे स्टुडियोमा सहभागीहरूको फिजिकल अडिसन सुरु हुने आयोजकले जानकारी दिएको छ।

दोहोरी आइकनका प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन्।

शोमा लोक गायिका कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायक छन्। शोको होस्टका रूपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहेका छन्।

‘दोहोरी आइकन’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने आयोजकले जनाएको छ। आयोजक एजे इन्टरटेनमेन्टले केही महिनापछि शोको प्रसारण सुरु हुने बताएको छ।

साउन २९, २०८० सोमबार २१:३१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।