एकीकृत समाजवादी छाडेर आएका केदार न्यौपाने भए एमालेको केन्द्रीय सदस्य

एकीकृत समाजवादी छाडेर आएका केदार न्यौपाने भए एमालेको केन्द्रीय सदस्य

काठमाडौँ : एकीकृत समाजवादी छाडेर एमालेमा फर्किएका केदार न्यौपाने एमालेको केन्द्रीय सदस्य भएका छन्। सोमबार बसेको पार्टीको सचिवालय बैठकले न्यौपानेलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्ने निर्णय गरेको हो।

उनी एकीकृत समाजवादीमा उपाध्यक्ष थिए। केही दिन अगाडि मात्रै उनी एकीकृत समाजवादी छाडेर एमालेमा फर्किएका थिए।

यसैगरि हुम्लाका नेता छक्कबहादुर लामा समेत केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। उनी २०७४ मा स्वतन्त्र उम्मेदवार बनेका थिए। एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि उनी नेकपामा प्रवेश गरेका थिए।

साउन २९, २०८० सोमबार २१:१०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।