अनवारुल हक काकरले लिए पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीको शपथ

अनवारुल हक काकरले लिए पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीको शपथ

एजेन्सी : पाकिस्तानका नवनियुक्त कार्यवाहक प्रधानमन्त्री अनवारुल हक काकरले सपथ ग्रहण गरेका छन्।

राष्ट्रपति डा. आरिफ अल्वीले सोमबार एक समारोहकाबीच उनलाई कार्यवाहक प्रधानमन्त्री काकरले शपथ ग्रहण गराएका हुन्।

सपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री शहबाज शरीफ, सभामुख राजा परवेज शरीफलगायत धेरै नेताहरू सहभागी थिए।

काकर देशको आठौं कार्यवाहक प्रधानमन्त्री र इतिहासमा अहिलेसम्मकै कान्छो कार्यवाहक प्रधानमन्त्री हुन्।

उनले निर्वाचन नभएसम्म कामचलाउ सरकारको नेतृत्व गर्नेछन्।
उनी बलुचिस्तानका पश्तूनहरूको प्रसिद्ध काकर जनजातिका हुन्।

सन् १९७१ मा बलुचिस्तानको राजधानी क्वेटामा जन्मेका अन्वारुल हकका बुवा एहतेशम उल हक काकरले तहसीलदारको रूपमा आफ्नो करियर सुरु गरेका थिए। पछि उनले विभिन्न सरकारी पदमा काम गरे।

अन्वारुल हकले आफ्नो प्राथमिक शिक्षा क्वेटाबाट पूरा गरे, त्यसपछि उनले क्याडेट कलेज, कोहटबाट आफ्नो माध्यमिक शिक्षा पूरा गरे।

उनी बलुचिस्तान विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर गर्न आएका थिए। यसपछि उनले लण्डनमा कानुनको अध्ययन पूरा गरे।

राजनीतिमा रुचि भएकाले उनी पाकिस्तान फर्किए र मुस्लिम लिगसँगको राजनीति सुरु गरे।

सन् २०१८ मा मुस्लिम लिग (नवाज) चुनावमा हारेपछि बलुचिस्तानमा बलुचिस्तान अवामी पार्टी नामको नयाँ पार्टी गठन भएको थियो।

अनवारुल हक कक्कड त्यसको एक हिस्सा मात्र भएन, तर उनी बलुचिस्तान अवामी पार्टीका संस्थापकहरूमध्ये एक भए।

अनवारुल हक सन् २०१८ मा बलुचिस्तान अवामी पार्टीबाट सिनेटर निर्वाचित भएका थिए।

साउन २९, २०८० सोमबार १९:२७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।