आमाको हत्या अभियोगमा छोरा पक्राउ

आमाको हत्या अभियोगमा छोरा पक्राउ

ताप्लेजुङ : आफ्नै आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका–५ फाकुम्बा बस्ने ३३ वर्षीय दिल्ली कुमार लिम्बु रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

मानसिक अवस्थामा ठिक नभएको बताइएका दिल्लीले आमाको हत्या गरेको भन्ने खबर पाएपछि प्रहरी चौकी सांघुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

साउन २९, २०८० सोमबार १८:५३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।