तस्करीको सुन सय किलो हैन ६० मात्र, सबैभन्दा ठुलो  परिणामको दाबी हावा

तस्करीको सुन सय किलो हैन ६० मात्र, सबैभन्दा ठुलो  परिणामको दाबी हावा

काठमाडौँ : हंगकंगबाट तस्करी भएको सुनको परिणाम सय किलोमाथि रहेको दाबी गरिए पनि जोख्दा ६० किलो मात्र निस्किएको छ।

स्कुटरको ब्रेकसुमा राखिएको सबै सामानको परिणाम एक सय ५४ किलो रहेको थियो। त्यसको आधारमा राजश्व अनुसन्धान विभागले सय किलो भन्दा धेरै रहेको दाबी गर्दै आएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुरोधमा सोमबार नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखाले जोखेको थियो। सुन जोख्दा ६० किलो आसपासको तौल निस्किएको बताइएको छ।

यस अगाडि विभागले सुन निकाल्दा प्रत्यक्ष प्रसारणै गर्ने दाबी समेत गरेको थियो। टक्सार विभागले प्रत्यक्ष प्रसारण त गरेन तर सञ्चारकर्मीहरूलाई साक्षी राखेर ब्रेकशुको प्याकेटहरू खोलेर सुन भए या नभएको देखाएको थियो।

सय किलो माथि सुन भएको दाबीसहित यो अहिलेसम्म नेपालमा फेला परेको तस्करीको सबैभन्दा ठुलो परिणाम भएको दाबी समेत गरिएको थियो। अब ६० किलो निस्किएकाले यो सबैभन्दा ठुलो परिणाम समेत रहेन। यस अगाडि ठमेल क्षेत्रमा ८८ किलो तस्करीको सुन बरामद भइसकेको छ।

साउन २९, २०८० सोमबार १८:१७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।