सोलार सिस्टमको तार काट्ने प्राविधिकसँग टेलिकमको सहमति

सोलार सिस्टमको तार काट्ने प्राविधिकसँग टेलिकमको सहमति

काठमाडौं : नेपाल टेलिकमले सोलार सिस्टमको तार काट्ने अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकसँग सहमति भएको छ।

रोल्पाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकको सोलार प्यानलको तार काट्ने प्राविधिकबीच सहमति भएको हो।

गत शुक्रबार गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जीएम लगायत दुवै पक्षका बीचमा भएको छलफलले आगामी दिनमा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने यस्तो कार्यमा संलग्न नहुने सहमति गरेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

नेपाल टेलिकमको टावरदेखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएको कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिनपहिले सोलार पावर सिस्टमको तार समेत काटी क्षति पु¥याइएको थियो।

सो सन्दर्भमा नेपाल टेलिकमका प्राविधिकहरूले प्रमाणसहित गाउँपालिकामा जानकारी गराएपछि दुवै पक्षबीच छलफल गरिएको थियो।

साउन २९, २०८० सोमबार १८:०२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।