सार्वजनिक खरिद सम्बन्धी कानुन संशोधन गर्दै सरकार, बनायो समिति

सार्वजनिक खरिद सम्बन्धी कानुन संशोधन गर्दै सरकार, बनायो समिति

काठमाडौँ : सरकारले सार्वजनिक खरिद सम्बन्धी कानुन संशोधन गर्न समिति गठन गरेको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीको संयोजकत्वमा समिति गठन भएको हो।

विषयगत मन्त्रालयका सदस्यहरू रहने गरी गठन भएको छ सदस्यीय समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ।

विभिन्न व्यवसायीहरूले सार्वजनिक खरिद सम्बन्धी कानुन जटिल रहेको भन्दै संशोधनको माग राख्दै आएका थिए।

सोमबारै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालसहितको एक टोली गएर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए।

उनीहरूले निर्माण ब्यवसायीहरुको रोकिएको भुक्तानी दिन, सार्वजनिक खरिद सम्बन्धी कानुनहरू संशोधन गर्न, मूल्य अभिवृद्धि कर लगायतका समस्याबारे जानकारी गराएका थिए।

साउन २९, २०८० सोमबार १७:५४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।