नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ पीडितको जाहेरी, १ करोड ८५ लाख ठगी

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ पीडितको जाहेरी, १ करोड ८५ लाख ठगी

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ पीडितको जाहेरी परेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस प्रकरणमा संलग्न आरोपितहरू सानु भण्डारी, केशव दुलाल लगायतविरुद्ध थप १७ जनाको जाहेरी परेको हो।

लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौं लगायतका जिल्लाहरूका १८ जना पीडितहरूबाट करिव १ करोड ८५ लाख ९२ हजार भन्दा बढी ठगी गरेको भनि ३ वटा छुट्टा छुट्टै किटानी जाहेरी दरखास्त परेको कार्यायका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

जाहेरी दरखास्त लगायतका कागजातहरू आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा पठाइएको उनले बताए।

साउन २९, २०८० सोमबार १६:४६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।