एसिया कपका लागि १७ सदस्यीय राष्ट्रिय टोली घोषणा
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले पाकिस्तान र श्रीलंकामा हुने आसन्न एसिया कपका लागि १७ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।
रोहित पौडेलको कप्तानीमा घोषणा भएको टोलीमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी टिममा फर्किएका छन्।
श्रीलंकामा भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा उनीहरू राष्ट्रिय टोलीमा परेका थिएनन्।
यस्तै टिममा आशिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल पनि छन्।
यसअघि पाकिस्तानले एसिया कपका लागि आफ्नो टोली घोषणा गरिसकेको छ।
साउन २९, २०८० सोमबार १५:३३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।