आइतबार दोहोरो अंकले बढेको शेयर बजारमा सोमबार करेक्सन
काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा करेक्सन आएको छ।
आइतबार दोहोरो अंकले बढेको शेयर बजार सोमबार ३.६१ अंकले ओरालो लागेर २०७७.२४ विन्दुमा रोकियो। सेन्सेटिभ इन्डेक्स भने लगभग स्थिरजस्तै रह्यो।
तेह्र उपसूचकमध्ये पाँचवटामा सामान्य वृद्धि आउँदा बाँकी सबै राताम्मे भए। सबैभन्दा बढी हाइड्रोपावर समूह १.५९ प्रतिशतले ओरालो लाग्यो।
नेप्से घटे पनि कारोबार भने दुई अर्बभन्दा बढीको भयो। २७९ कम्पनीको ५४ लाख १७ हजार कित्ता शेयर सोमबार २ अर्ब ९ करोड १३ लाखमा कारोबार भयो।
यसदिन थ्री स्टार र अपर स्याङ्दे हाइड्रोमा १० प्रतिशतको बढोत्तरी आएर सर्किट लाग्दा कारोबारमा सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्स छ। जसको ११ करोडको कारोबार भयो।
साउन २९, २०८० सोमबार १५:२६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।