एभरेष्ट बैंकले ल्यायो अफलाइन भुक्तानी, नेपालमै पहिलो भएको दाबी
काठमाडौं : एभरेष्ट बैंकले फाने पे नेपालसँगको सहकार्यमा नेपालमा पहिलो पटक ‘अफलाइन भुक्तानी’सेवा सञ्चालनमा ल्याएको दाबी गरेको छ।
सेवा अन्तर्गत ग्राहकले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन्।
एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सेवाको उद्घाटन गरेका हुन्।
कार्यक्रममा बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले नेपाली बैंकिङ्ग भविष्यलाई समेत नयाँ आकार दिएको बताए।
उस्तै, फोने पे का प्रमुख कार्यकारी अधिकृत सापकोटाले इन्टरनेटको सीमाहरूलाई पार गरी आधुनिक बैंकिङ्गमा नयाँ आयाम थपिने बताए।
साउन २९, २०८० सोमबार १४:४५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।