जनमत पार्टीबाट मन्त्री बनेकी अनिता देवीले लिइन् शपथ

जनमत पार्टीबाट मन्त्री बनेकी अनिता देवीले लिइन् शपथ

काठमाडौं : नव नियुक्त मन्त्री अनिता देवी साहले सोमबार शपथ ग्रहण गरेकी छन्। 

शितल निवासमा आयोजित एक कार्यक्रममा जनमत पार्टीबाट मन्त्री बनेकी उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्। 

शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए। प्रचण्डले जनमत पार्टीलाई पुन: सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् हेरफेर गरेका थिए।

उनले आफ्नै पार्टीका सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएर सांसद अनिता देवीलाई मन्त्री बनाएका हुन्।

साउन २९, २०८० सोमबार १०:५२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।