पहिरो पन्छाएपछि खुले अवरुद्ध बैतडीका दुवै राजमार्ग

पहिरो पन्छाएपछि खुले अवरुद्ध बैतडीका दुवै राजमार्ग
फाइल फोटो

बैतडी : पहिरोका कारण अवरुद्ध भएका बैतडीका जयपृथ्वी र दशरथ राजमार्ग पुनः सञ्चालनमा आएका छन्।

गए राति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो। 

सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारीसाधन र यात्रु आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।

साउन २९, २०८० सोमबार १०:३८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।