भारतसँगको टी-२० सिरिजको उपाधि वेस्टइन्डिजलाई, पुरन सर्वोत्कृष्ट खेलाडी

भारतसँगको टी-२० सिरिजको उपाधि वेस्टइन्डिजलाई, पुरन सर्वोत्कृष्ट खेलाडी

एजेन्सी : भारत वेस्टइन्डिजसँगको पाँचौं टी-२० खेलमा ८ विकेटले पराजित भएको छ। सिरिजको यो निर्णायक खेल जित्दै घरेलु टोली वेस्टइन्डिजले पाँच खेलको सिरिजको उपाधि ३-२ ले आफ्नो बनायो। 

वेस्टइन्डिजले १ सय ६६ रनको लक्ष्य १८ ओभरमा माात्र २ विकेट गुमाउँदै पूरा गर्यो। जसका लागि ओपनर ब्रेन्डन किंग र निकोलस पुरनले दोस्रो विकेटका लागि १०७ रनको शतकीय साझेदारी गरे। 

किंग मात्र ५५ बलमा ५ चौका र ६ छक्कासहित ८५ रनमा अविजित रहँदा पुरनले ३५ बलमा ४७ को योगदान दिएका थिए।

त्यसअघि खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो। जसका लागि सूर्यकुमार यादवले ४५ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए।

बलिङमा प्लेयर अफ द म्याच घोषित रोमारियो शेफर्डले ४ विकेट लिए। सिरिजभर सानदार ब्याटिङ गरेका निकोलस पुरन सर्वोत्कृष्ट खेलाडी बने।

साउन २९, २०८० सोमबार ०७:४९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।