आज पनि देशभर पानी पर्ने सम्भावना, यी दुई प्रदेशमा हुँदैछ भारी वर्षा

आज पनि देशभर पानी पर्ने सम्भावना, यी दुई प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौं : आज (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२९ साउन, २०८०, ०७:१९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।