कोही पनि उपचार नपाएर मर्नु पर्दैन, मरे म जिम्मा लिन्छु : स्वास्थ्यमन्त्री

कोही पनि उपचार नपाएर मर्नु पर्दैन, मरे म जिम्मा लिन्छु : स्वास्थ्यमन्त्री
फाइल तस्वीर

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही नेपाली पनि पैसा नभएकै काण उपचार नपाएर मर्नुनपर्ने बताएका छन्। 

विश्व अंग प्रत्यारोपण दिवसको अवसरमा लिभर फाउण्डेशन नेपालद्वारा आज आयोजित अन्तरक्रियामा उनले भने, 'पैसा नभएकै कारण उपचार नपाएर कुनै पनि व्यक्ति मर्नु पर्दैन, त्यसको जिम्मा म लिन्छु, राज्यले लिन्छ, हामी निजी वा सरकारी जुनसुकै अस्पतालमा पनि १० प्रतिशत शय्यासहित निःशुल्क गर्ने कुरा अहिले कार्यान्वयन भइरहेको छ।'

उक्त निःशुल्क व्यवस्था लागु भएको दुई/तीन महिनाको अवधिमा सयौँ बिरामीले छुटका साथ उपचार गराइसकेका उनले दाबी गरे।

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिएको बताउँदै उनले सरकारी विद्यालय र सरकारी अस्पताललाई सुधार गरेर लैजानुपर्नेमा जोड दिए। 

साउन २८, २०८० आइतबार १९:५८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।