मोरङमा भारतीय नागरिकको शव फेला

मोरङमा भारतीय नागरिकको शव फेला

मोरङ : मोरङको सुन्दरहरैँचा–१२ मा एक भारतीय युवकको शव शंकास्पद अवस्थामा भेटिएको छ। 

भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव आज पैनीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल र शवको प्रकृति हेर्दा खानको हत्या भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ। 

खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। 

घटनास्थलबाट उठाएर शवलाई परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। 

साउन २८, २०८० आइतबार १९:४३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।