भारतको मणिपुर हिंसामा १६० जनाभन्दा बढीको मृत्यु, सीआईबीले थप ९ मुद्दा जाँच गर्ने

भारतको मणिपुर हिंसामा १६० जनाभन्दा बढीको मृत्यु, सीआईबीले थप ९ मुद्दा जाँच गर्ने

भारतीय सीबीआईले मणिपुर हिंसाका थप ९ वटा मुद्दाको अनुसन्धान गर्ने भएको छ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टमा भनिएको छ- जाँच एजेन्सीसँग अब कुल १७ केसहरू छन्।

सीबीआईले अहिलेसम्म ८ वटा मुद्दा दर्ता गरेको छ, जसमा दुई मुद्दा मणिपुरमा कथित महिला यौन दुर्व्यवहारसँग सम्बन्धित छन्।

सीबीआईमा थप मुद्दा पनि आउन सक्ने अधिकारीहरूले बताएका हुन्। यसमा विशेषगरी महिला दुर्व्यवहारका घटना, कुकी महिलाको भाइरल भिडियो समावेश हुनेछन्।

साथै गत अगस्ट ९ मा मेइती महिलाको सामूहिक बलात्कारको घटना बाहिर आएको थियो। यसको अनुसन्धान सीबीआईलाई मिल्ने देखिएको छ।

मे ३ देखि मणिपुरमा कुकी र मेइतेई समुदायबीच जारी हिंसामा १ सय ६० भन्दा बढीको मृत्यु भइसकेको छ। केन्द्रले सर्वोच्च अदालतलाई मणिपुरमा ६५२३ एफआईआर दर्ता गरेको बताएको छ।

जसमध्ये ११ वटा घटना महिला तथा बालबालिका हिंसाका छन्।

साउन २८, २०८० आइतबार १८:३४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।