पाकिस्तानमा फेरि अर्को विष्फोट : ४ चिनियाँ इन्जिनियर, ९ पाकिस्तानी सैनिकको मृत्यु

पाकिस्तानमा फेरि अर्को विष्फोट : ४ चिनियाँ इन्जिनियर, ९ पाकिस्तानी सैनिकको मृत्यु
फाइल तस्वीर

पाकिस्तानको बलुचिस्तानमा आइतबार दिउँसो चिनियाँ इन्जिनियरमाथि आतंकवादी हमला भएको छ।

पाकिस्तानमा उपस्थित ‘न्यूयोर्क टाइम्स’ रिपोर्टर तहा सिद्दिकीका अनुसार आक्रमणमा ४ चिनियाँ इन्जिनियर, ९ पाकिस्तानी सैनिक र दुई आतङ्ककारी मारिएका छन्। केही सञ्चारमाध्यमका अनुसार आक्रमणमा २७ जना घाइते भएका छन्। 

जियो न्यूजका अनुसार चीन-पाकिस्तान आर्थिक करिडोरको थर्मल पावर परियोजनाका लागि चिनियाँ इन्जिनियरहरू यहाँ कार्यरत छन्। दुई वर्षअघि पनि यहाँ चिनियाँ इन्जिनियरमाथि फिदाइन आक्रमण भएको थियो। त्यसमा ९ इन्जिनियरको मृत्यु भएको थियो। 

पाकिस्तान सरकार र सेनाको तर्फबाट मृत्यु हुनेहरूको बारेमा आधिकारिक रूपमा कुनै जानकारी दिइएको छैन। यद्यपि यसअघि सेनाले पक्कै पनि दुई आतंककारी मारिएको दाबी गरेको थियो। बलुच लिबरेसन आर्मी (बीएलए) ले एक विज्ञप्ति जारी गर्दै आतंकवादी हमलाको जिम्मेवारी लिएको छ। 

यसअघि पनि बलुचिस्तानमा चिनियाँ सेना र प्राविधिक कर्मचारीमाथि हमला भइसकेको छ। यस पटक हमलाको जिम्मेवारी पनि बलुच लिबरेशन आर्मी अर्थात् (बीएलए) ले लिएको छ। उसले सामाजिक सञ्जालमा बयान जारी गरेर यसबारे जनाएको छ। 

'आइतबारको हमलामा हाम्रा दुई सहिद थिए। उनीहरूको नाम नाभिद बलोच र खुदा बक्स उर्फ ​​असलम बलोच हो। दुवै तुर्वत क्षेत्रका बासिन्दा थिए। दुवै माजिद ब्रिगेडका हुन्।

पाकिस्तानमा केही दिनया श्रृंखलाबद्ध विष्फोटका घटनाहरू भइरहेका छन्। १३ दिनअघि भएको आत्मघाती विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको थियो। 

साउन २८, २०८० आइतबार १८:१६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।