सिजनको पहिलो खेलमा लिभरपुलसँग भिड्दै चेल्सी

सिजनको पहिलो खेलमा लिभरपुलसँग भिड्दै चेल्सी

इंग्लिस प्रिमियर लिग २०२३ मा आफ्नो पहिलो खेलमा खेल लिभरपुलले चेल्सीविरुद्ध खेल्दै छ। 

नेपाली समयअनुसार आज राति सवा ९ बजे खेल सुरु हुनेछ। अघिल्लो सिजन चेल्सीले १२ औं स्थानमा रहेर लिग अन्त्य गरेको थियो। उसले यो वर्षको युरोपा लिगसमेत खेल्न पाउने छैन। 

त्यस्तै लिभरपुलले भने पाँचौँ स्थानमा रहँदै च्याम्पियन्स लिग बाहिर रहनुपरेको थियो। लिग इतिहासमा लिभरपुलविरुद्ध चेल्सी हाबी छ। 

आज राति हुने खेल चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ। 

साउन २८, २०८० आइतबार १७:३०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।