रूसका सरकारी कर्मचारीलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध, अमेरिकाले जासुसी गरेको आरोप

रूसका सरकारी कर्मचारीलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध, अमेरिकाले जासुसी गरेको आरोप

रूसको डिजिटल विकास मन्त्रालयले सरकारी कर्मचारीलाई आइफोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ।

मन्त्री मकसुत साडेले शुक्रबार सो जानकारी दिएका हुन्। समाचार एजेन्सीका अनुसार एप्पलका अन्य उत्पादनहरू जस्तै आइबुक, ट्याब्लेटको प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ। अब यी यन्त्रहरूबाट रूसमा कुनै पनि सरकारी काम गर्न पाइने छैन। 

रूसको फेडरल सेक्युरिटी सर्भिस एफएसबीका अनुसार अमेरिकाले यी यन्त्रहरूमार्फत उनीहरूको जासुसी गरिरहेको छ।

२ महिनाअघि एफएसबीले अमेरिकामा हजारौं आइफोन ह्याक भएको र त्यसमा अमेरिकी निगरानी प्रणाली रहेको दाबी गरेको थियो।

एफएसबीले भनेको थियो- अमेरिकी ह्याकरहरूले जासुसी अभियानमा इजरायल, सिरिया, चीन र नेटो सदस्य राष्ट्रका कूटनीतिज्ञहरूलाई निशाना बनाएका थिए। 

एफएसबीले सोभियत संघको हिस्सा भएका देशहरूमा काम गर्ने धेरै स्थानीय रूसी र कूटनीतिज्ञहरूको फोन पनि ह्याक भएको दाबी गरेको छ।

अमेरिकाको विशेष सेवाले यो खुफिया अपरेशन गरिरहेको थियो। एजेन्सीले अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) र एप्पल कम्पनीबीच नजिकको सहकार्य रहेको दाबी पनि गरेको छ।

साउन २८, २०८० आइतबार १६:३५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।