सामुदायिक वनमा भ्रष्टाचार गरेको आरोपमा अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

सामुदायिक वनमा भ्रष्टाचार गरेको आरोपमा अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ : अख्तयार दुरुपयोग अनुसन्धान आयोगले इलामको पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

इलाम माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमार बहादुर ​​​​​​बराईलीलाई १५ लाख पाँच हजार ९ सय ३० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो असुलउपरको मागदाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो। 

बराईलीले प्रक्रिया नपुर्याई लागत इस्टिमेट, प्राविधिक बिल भरपाई नराखी वन उपभोक्ता समूहको निर्णयविना आफूअनुकूल कागजात पारेको, मिलेमतोमा गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको पुल निर्माणमा ४ लाख रुपैयाँ खर्च गरेको लगायत आरोपमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका हुन्। 

२८ साउन, २०८०, १४:३४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।