रिद्धि सिद्धि सिमेन्टको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रमको आयोजना
रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ।
यस छात्रवृत्तिअन्तर्गत २०७९ मा परीक्षा दिएका र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका मकवानपुर जिल्लाका विद्यार्थीहरूलाई लक्षित गरी उक्त एसईई परीक्षामा ३.६ जीपीएदेखि ४ जीपीए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ।
छात्रवृत्तिअन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक पाँच हजार, दोस्रो हुनेलाई तीन हजार पाँच सय, तेस्रो हुनेलाई दुई हजार पाँच सय र सान्त्वनास्वरूप थप ८ विद्यार्थीलाई मासिक रूपमा एक हजार पाँच सय कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ।
यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाइट www.riddhisiddhicements.com वा फेसबुक पेज https://www.facebook.com/RiddhiSiddhicements मा गएर उल्लेखित क्युआर कोडमा स्क्यान गरी फारम भर्ने र आवेदकको फारम बुझाउन सक्नेछन्।
फारम बुझाउने अन्तिम साउन २१ गतेसम्म तोकिएको छ।
साउन २८, २०८० आइतबार १४:१८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।