संसद् चल्न नदिने ओली नै भन्छन् : संसद्मा अवरोध गर्नै हुँदैन, यो देश र जनताका लागि काम गर्ने थलो हो

संसद् चल्न नदिने ओली नै भन्छन् : संसद्मा अवरोध गर्नै हुँदैन, यो देश र जनताका लागि काम गर्ने थलो हो

काठमाडौं : गत साउन १० गतेदेखि संसद् अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संसद्मा अवरोध नगरेको बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलनमा ओलीले एमालेले संसद् चलाउन खोजेको तर सत्तापक्षले चल्न नदिएको बताए।

उनले भने, ‘संसद्मा अवरोध गर्नै हुँदैन। यो त देश र जनताका लागि काम गर्ने थलो हो। संसद्ले निर्वाध ढंगले काम गर्न पाउनुपर्छ।’

‘अहिलेको संसद्‌को अवरोध तपाईंहरूले हर्नु भएको छ। हामी त चलाउन खोजिराख्या छौं, तर, प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष जुरुक्क उठेर होहल्ला गर्छन्,’ उनले थपे।

साउन २८, २०८० आइतबार १४:०७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।