कार र बस ठोक्किंदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु

कार र बस ठोक्किंदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु

एजेन्सी : भारतको राजस्थानमा रहको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किंदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ। 

वैवाहिक समारोहमा सहभागी हुन जाँदै गर्दा भएको दुर्घटनामा एक बालकसहित अन्य दुईजना गम्भीर घाइते भएका छन्।

द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियो। जहाँ सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो।

साउन २८, २०८० आइतबार १३:३१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।