नियन्त्रणमा आयो काठमाडौंको नरदेवीमा लागेको आगो

नियन्त्रणमा आयो काठमाडौंको नरदेवीमा लागेको आगो

काठमाडौं : काठमाडौंको नरदेवीमा आइतबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ। काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित शोभा बज्राचार्यको घरको पाँचौं तल्लामा लागेको आगलागी केहीबेर अघि निभाइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार बिहान करिब ७ बजे आगलागी भएकोमा दमकल, पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो। 

आगलागीबाट पाँचौं तल्लामा क्षति भएको र त्यसको कारण भने खुल्न नसकेको ढुङ्गेलले बताए।
–––

साउन २८, २०८० आइतबार १३:१४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।