सुदूरपश्चिममा आज अति भारी वर्षा हुन सक्ने, सतर्कता अपनाउन अनुरोध

सुदूरपश्चिममा आज अति भारी वर्षा हुन सक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं : आज (आइतबार) सुदूरपश्चिममा प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले यसैकारण सतर्कता अपनाउन अनुरोध गरेको हो।

आज राति अतिसुदूरपश्चिममा अति भारी वर्षाको कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकोले हाल देशभर वर्षा भइरहेको छ।

 

साउन २८, २०८० आइतबार ०८:४८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।