जैसवाल र गिलको कीर्तिमानी ब्याटिङ, भारतद्वारा वेस्टइन्डिज ९ विकेटले पराजित
एजेन्सी : ओपनिङ जोडी यशस्वी जैसवाल र शुभमन गिलको कीर्तिमानी ब्याटिङको सहयोगमा भारतले टी-२० खेलमा वेस्टइन्डिजलाई ९ विकेटले पराजित गरेको छ।
पाँच खेलको सिरिजको यो चोथौ खेल जित्दै भारत सिरिजलाई २-२ को बराबरीमा पुर्याउन पनि सफल भयो।
वेस्टइन्डिजले दिएको १७९ रनको लक्ष्य भारतले १७ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गर्यो। जसका लागि ओपनर शुभमन गिल र यशस्वी जैसवालले पहिलो विकेटका लागि १६५ रनको कीर्तिमानी साझेदारी गरे।
भारतका लागि टी-२० अन्तर्राष्ट्रिय खेलमा यो संयुक्त रुपमा उच्च ओपनिङ साझेदारी हो। जहाँ जैसवालले ५१ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८४ रनको योगदान दिए। शुभमन गिलले भने ४७ बलमा ३ चौका र ५ छक्कासहित ७७ रन जोडेका थिए।
यसअघि खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ७८ रन बनाएको थियो।
साउन २८, २०८० आइतबार ०८:२९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।