जनमत पार्टीलाई सरकारमा ल्याउन मन्त्रिपरिषद् हेरफेर गर्दै प्रचण्ड

जनमत पार्टीलाई सरकारमा ल्याउन मन्त्रिपरिषद् हेरफेर गर्दै प्रचण्ड

काठमाडौं : जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्।

स्रोतका अनुसार मन्त्रिपरिषद आज (आइतबार) नै हेरफेर हुने जनाइएको छ। जहाँ प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई आज मन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ।

जनमत पार्टीले मन्त्रीका लागि यसअघि नै सांसद अनिता देवी साहलाई ​​​​​सिफारिस गरिसकेको छ।

जनमत पार्टीलाई सरकारमा ल्याउनका लागि प्रचण्डले हाल मन्त्रिपरिषद्मा रहेका माओवादी केन्द्रकै मन्त्रीलाई हटाउन लागिएको पनि बुझिएको छ।

साउन २८, २०८० आइतबार ०८:०४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।