आज देशभर वर्षा हुने, कुन कुन प्रदेशमा हुँदैछ भारी वर्षा?

आज देशभर वर्षा हुने, कुन कुन प्रदेशमा हुँदैछ भारी वर्षा?

काठमाडौं : आज (आइतबार) देशभर पूर्ण बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक/दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राति पनि देशभर अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साउन २८, २०८० आइतबार ०७:१३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।