पृथ्वी राजमार्ग एक तर्फी खुल्यो

पृथ्वी राजमार्ग एक तर्फी खुल्यो

काठमाडौं : पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग एक तर्फी सुचारू भएको छ।

साँझ साढे ६ बजे तनहुँ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरामा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध राजमार्ग एकतर्फी रूपमा सुचारू भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय आबु खैरेनी तनहुँबाट खटिएको विपद् व्यवस्थापन प्रहरी टोली तथा स्थानीय पालिका एवं सडक डिभिजन कार्यालय तनहुँको सहकार्यमा सडक सुचारू गरिएको हो।

करिब १ घण्टा २० मिनेटपछि सडक एकतर्फी रूपमा सुचारू भएको खाँणले बताए।

साउन २७, २०८० शनिबार २१:०७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।