केकदेखि खीरसम्मका आइटम खुवाएर सौराहमा हात्तीको बनभोज

केकदेखि खीरसम्मका आइटम खुवाएर सौराहमा हात्तीको बनभोज
तस्बिर- सौराहअनलाइन

चितवन : बाह्रौँ अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ।

सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खीर, केकसहित वनभोज खुवाइएको हो।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज खुवाएको हो।

हात्तीलाई चामल र भेलीको खीर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरबुजा खुवाइएको हो।

सो अवसरमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको शुभारम्भ गरे।

नेपालमा एक सय ५० वटा हात्ती निजी स्तरमा पालिएका छन्। चितवन राष्ट्रिय निकुञ्जमा दरबन्दी रहेका ५०, राष्ट्रिय प्रकृति संरक्षण कोषमा सात र सौराहामा निजी स्तरमा पालेका ५० वटा हात्ती छन्।

साउन २७, २०८० शनिबार १९:५७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।