१४ वर्षीया बालिकालाई फकाएर उनकै कोठामा बलात्कार

१४ वर्षीया बालिकालाई फकाएर उनकै कोठामा बलात्कार

दाङ : १४ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङ रहेका छन्। उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

गुरूङले ती बालिकालाई साउन ५ गते फकाएर पीडितकै कोठामा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

साउन २७, २०८० शनिबार १९:३५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।