बारामा ९० वर्षीय बुवाको हत्या अभियोगमा ६० वर्षीय छोरा पक्राउ

बारामा ९० वर्षीय बुवाको हत्या अभियोगमा ६० वर्षीय छोरा पक्राउ

बारा : आफ्नै बुवाको हत्या अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।

९० वर्षीय आइतसिंह घलानको हत्या अभियोगमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१६ टांगिया बस्ती बस्ने ६० वर्षीय दिलबहादुर घलानलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

घरायसी विवादको क्रममा दिलबहादुरले कुटपिट गर्दा आइतसिंहको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

साउन २७, २०८० शनिबार १९:३१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।