स्वतन्त्र सांसद् पाकिस्तानको कामचलाउ प्रधानमन्त्री बन्ने

स्वतन्त्र सांसद् पाकिस्तानको कामचलाउ प्रधानमन्त्री बन्ने

एजेन्सी : पाकिस्तानका स्वतन्त्र सांसद् अनवार उल हक काकर कामचलाउन प्रधानमन्त्री बन्ने भएका छन्।

राष्ट्रपति आरिफ अल्भीले शनिबार माथिल्लो सदन सिनेटका सांसद् काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ।

राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१ए) अनुसार काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न उक्त स्वीकृति दिएका हुन्।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले संसदको तल्लो सदनका विपक्षी दलका नेता राजा रियाजसँग विस्तृत परामर्श गरेपछि अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

काकर मार्च २०१८ देखि पाकिस्तानी माथिल्लो सदनको सदस्य रहँदै आएका छन्। उनी सन् २०१८ को पाकिस्तानी सिनेट चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट संसदीय सदस्यका लागि स्वतन्त्र उम्मेदवारको रूपमा  निर्वाचित भएका थिए।

साउन २७, २०८० शनिबार १७:५८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।