कार्यवाहक सचिव पाठकमाथि मोविल खन्याउनेलाई कारबाही गर्न क्यान अध्यक्ष चन्दको माग
काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान)ले कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि हेटौंडामा भएको दुर्व्यवहारमा संलग्नलाई कारबाहीको माग गरेको छ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले शनिबार विज्ञप्ति निकालेर घटनाको भर्त्सना गर्दै पाठकमाथि भएको दुर्व्यवहारको सत्य तथ्य छानविन गरी दोषीलाई कडा कारबाहीको माग गरेको हो।
शनिबार जिल्ला क्रिकेट संघ मकवानपुरको आठौँ साधारण सभा तथा चौथो जिल्ला अधिवेशनको उद्धघाटनका लागि केन्द्रीय प्रतिनिधिका रूपमा हेटौंडा पुगेका पाठकलाई कार्यक्रम भइराखेकै होटलमा खाना खाने क्रममा अपरिचित युवाहरूले पछाडिबाट मोविल खन्याएर फरार भएका थिए।
असिले देशैभर नै जिल्ला क्रिकेट संघको अधिवेशन चलिरहेको छ। साउनभित्र जिल्ला तहका अधिवेशनहरू सकेर भदौमा प्रदेश र असोज ५ र ६ गते केन्द्रीय अधिवेशन गर्ने क्यानको तयारी छ।
केन्द्रमा अहिलेका अध्यक्ष चन्दसहित कोषाध्यक्ष रोशन सिंहबीच प्रतिस्पर्धा हुने देखिएको छ। उसो त राट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारख खड्का पनि उम्मेदवार बन्ने चर्चा चुलिए उनले औपचारिक घोषणा भने गरेका छैनन्।
साउन २७, २०८० शनिबार १७:३२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।