कांग्रेसलाई ओलीको प्रश्न- कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर?

कांग्रेसलाई ओलीको प्रश्न- कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस तेस्रो ठूलो पार्टी माओवादी केन्द्रको पछि लागेको भन्दै व्यङ्ग्य गरेका छन्।

शनिबार काठमाडौंमा भएको एक अन्तरक्रियात्मक कार्यक्रममा ओलीले कांग्रेसलाई कुकुर र माओवादीलाई पुच्छरसँग तुलना गर्दै व्यङ्ग्य गरेका हुन्।

‘उहाँहरुले कसका पछाडि आफूलाई लाउनुभएको हो, के का पछि लाग्नुभएको हो? त्यो उहाँहरुले जान्ने कुरा हो। नेपाली कांग्रेसका साथीहरूलाई आजको मितिमा म फेरि प्रश्न गर्न चाहन्छु– कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर? पछाडि पुच्छर चुप लागेर बस्याछ, अगाडि नेपाली कांग्रेस डोलायमान छ।’

चारवटा मन्त्री लिएर साना पार्टीका पछि हिड्ने लागुन्जेलसम्म पूरा भइरहोस् भन्दै उनले शुभकामनासमेत दिए।

कार्यक्रममा उनले नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेर छुटेका कांग्रेस सांसद सुनिल शर्माको पक्षमा समेत बोले।

सरकारलाई झनक्क रिस उठेर तत्काल मुद्दा चलाउनुपर्ने भएकाले उनीमाथि जाली सर्टिफिकेटको मुद्दा चलाएको भन्दै ओलीले अझ समय भएको भए ठूलै मुद्दा लाउनसक्ने बताए।

साउन २७, २०८० शनिबार १६:४६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।