सांसद शर्माबारे फेरि बोले ओली- झनक्क रिस उठ्यो र जाली सर्टिफिकेट मुद्दा लाग्यो नत्र ठूलै मुद्दा लाग्थ्यो

सांसद शर्माबारे फेरि बोले ओली- झनक्क रिस उठ्यो र जाली सर्टिफिकेट मुद्दा लाग्यो नत्र ठूलै मुद्दा लाग्थ्यो

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्य बाहिर आउने डरले सरकारले उच्चस्तरीय छानविन आयोग बनाउने अड्डी कसेको आरोप लगाएका छन्।

काठमाडौंमा भएको एक अन्तरक्रियात्मक कार्यक्रममा अध्यक्ष ओलीले सत्य बाहिर आउने डरले सरकारले उच्चस्तरीय छानविन आयोग नबनाउन अड्डी कसेको बताएका हुन्।

उनले भने, ‘दोषीलाई कारबाही नगर्ने, आयोग बन्नै नहुने, यत्रो अड्डी लिनुपर्ने, सत्य बाहिर आउनुपर्ने डरबाहेक सरकारलाई केही छैन।’

अध्यक्ष ओलीले थुनामा ललिता निवास प्रकरणमा जग्गा किनेका मानिसहरूलाई थुनामा राखिएको भन्दै आपत्ति जनाए।

झनक्क रिस उठेर तत्काल कारबाही गर्न परकोले कांग्रेस सांसद् सुनिल शर्मालाई ठूलो मुद्दा नलागेको उनको भनाइ छ।

उनले थपे, ‘सुनिल शर्मालाई ठूलो मुद्दा चलाउन नभ्याएर। झनक्क रिस उठ्यो, तत्काल कारबाही गर्नुपर्यो। त्यो भएर जाली सर्टिफिकेट मुद्दा लाग्यो नत्र भने ठूलो मुद्दा लाग्थ्यो होला कुनै भ्रष्टाचारकै मुद्दा लाग्थ्यो होला।’

अध्यक्ष ओलीले सरकारलाई अति नगर्न आग्रह गर्दै सजग रहनसमेत सुझाव दिए।

ओलीले शुक्रबारको कार्यक्रममा पनि सांसद् शर्माको पक्षमा बोल्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए।

साउन २७, २०८० शनिबार १६:३४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।