झलनाथको प्रश्न- सत्तामा बसिरहन के जरुरी छ हाम्रो लागि?

झलनाथको प्रश्न- सत्तामा बसिरहन के जरुरी छ हाम्रो लागि?
फाइल तस्बिर

काठमाडौं : एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारमा बसिरहन जरुरी नभएको बताएका छन्।

नेपाल खेलकुद महासंघले काठमाडौं गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टीको खेलकुद संगठनलाई खेलकुद परिषद्मा संलग्न नगरिएको भन्दै सत्तामा बसिरहन जरुरी नभएइको बताएका हुन्।

‘हाम्रो पार्टीको संगठनलाई खेलकुद परिषद्मा संलग्न गरिएको छैन। किन नगरिएको हो?’ उनले भने, ‘यदि हाम्रो पार्टी पनि सत्ता छ भने भोलि नै हाम्रो संगठनलाई पनि त्यहाँ संलग्न गर्नुपर्यो। होइन भने सत्तामा बसिरहनु के जरुरी छ हाम्रो पार्टीको लागि?’

नेता खनालले यसअघि पनि पार्टी सत्तामा गएको मन परेको थिएन। यसअघिका अभिव्यक्तिमा पनि उनले पार्टी सत्ताकेन्द्रीत भएको बताउँदै आएका थिए।

नेता खनालले समाजवादमा पुगेपछि खेलकुदले पनि प्रगति गर्ने भन्दै संगठनलाई खेलाडीहरूले अपनत्व गर्ने खालको बनाउनसमेत निर्देशन दिए।

पार्टीले अहिलेको अवस्थामा आर्थिक सहयोग गर्न नसक्ने भन्दै उनले नीतिगत सहयोगका लागि हरबखत तयार रहेको बताए।

साउन २७, २०८० शनिबार १५:१०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।