हामी आधा मिनेटको टिकटकमा खुम्चिँदै गयौँ, त्यहि मात्र हेर्न थाल्यौँ : मन्त्री महत

हामी आधा मिनेटको टिकटकमा खुम्चिँदै गयौँ, त्यहि मात्र हेर्न थाल्यौँ : मन्त्री महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आजकल मानिसहरु आधा मिनेटको टिकटकमा सीमित हुन थालेको बताएका छन्।

युवा दिवसकोक अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमाम सम्बोधन गर्दै मन्त्री महतले आधा मिनेटको टिकटकमा सीमित भएर विषयको गहिराइमा जान छाडेको बताएका हुन्।

प्रविधि र सामाजिक सञ्जालले अवसरहरु सिर्जना गरे पनि दुरुपयोग पनि हुन थालेको भन्दै उनले युवाहरुले आधा मिनेटको टिकटकमा नभई अध्ययनशील भएर विषयको गहिराइ बुझ्न जरुरी रहेको बताए।

उनले भने, ‘हामी खुम्चिँदै गएका छौं। हाफ मिनेटको टिकटकमा सीमित हुन थाल्या छौँ। हामी त्यहि मात्र हेर्न थाल्या छौँ। गहिराइमा जानै चाहँदैनौं। एउटाले सुनियोजित किसिमबाट प्रचार गर्यो। त्यहि नै मूलधार बनिदिन्छ। हो हो भनेर त्यसकै पछि लाग्यौँ। साँचो र झुटो बुझेर मात्र धारणा बनाऔँ।’

उनले आधा मिनेटको टिकटकमा नखुम्चन युवालाई आग्रह गर्दै त्यहाँ आएका हल्लाका भर नलागी बुझेर मात्र आफ्नो धारणा बनाउन आग्रह गरे। पछिल्लो समय शो अफ बढी भइरहेको भन्दै त्यसो नगर्न आग्रह गरे।

साउन २७, २०८० शनिबार १४:५७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।