चालक निदाएपछि यात्रुवाहक गाडी रोकिराखेको ट्रकमा ठोक्कियो, १० जनाको मृत्यु

चालक निदाएपछि यात्रुवाहक गाडी रोकिराखेको ट्रकमा ठोक्कियो, १० जनाको मृत्यु

एजेन्सी : भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ। साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन्। 

अहमदाबाद जिल्लाको बाभला-बगोदरा राजमार्गमा यात्रुवाहाक गाडी रोकी राखेको ट्रकसँग ठोक्किएपछि सो दुर्घटना भएको हो।

नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा चालक निदाएपछि यात्रुवाहाक गाडी रोकी राखेको ट्रकसँग ठोक्किएपछि दुर्घटना भएको प्रहरीले अनुमान छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गर्दै प्रत्येक मृतकका आफन्तलाई दुई लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

साउन २७, २०८० शनिबार १४:०६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।