नन्दिनी हर्बलका उत्पादन अब नेपाली बजारमा
काठमाडौं : भारतको गुजरातमा मुख्यालय रहेको नन्दिनी हर्बल प्रालिले आफ्ना उत्पादनहरु नेपाली बजारमा भित्र्याएको छ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमाझ कम्पनीले आफ्ना सौन्दर्य सामाग्रीहर्रू औपचारिक रूपमा नेपाल भित्र्याएको जानकारी गराएको हो।
कम्पनीले सन स्क्रिन, मोश्चराइजर, फेश वास, डे क्रिम, नाइट क्रिम, ईसन्सियल ओयल लगायत थुप्रै अर्गानिक सौन्दर्य सामाग्रीहरू नेपाली बजारमा पाइने कम्पनीका प्रबन्ध निर्देशक हितेश लिम्बानीले जानकारी दिए।
नन्दिनी ब्राण्डका सौन्दर्य सामग्रीहरू नेपालका विभिन्न आउटलेट, वितरक, व्यूटिपार्लर, सलुन, मेडिकल स्टोर लगायत मार्ट सपिङ्ग मलहरूमा सहजै उपलब्ध हुने नेपालका लागि कन्ट्री म्यानेजर पदम शर्माले जानकारी दिए।
पत्रकार सम्मेलनमा मिस नेपाल २००२ उषा खड्गी, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी तथा सामाजिक अभियान्त भीम उपाध्यायले संयुक्त रुपमा उक्त उत्पादनहरूको औपचारिक बिक्री वितरण शुभारम्भ गरेका थिए।
साउन २७, २०८० शनिबार १४:०३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।