उपचार गराएर फर्किंदा ढुंगाले लागेर पुनः घाइते भएका प्रहरीको मृत्यु

उपचार गराएर फर्किंदा ढुंगाले लागेर पुनः घाइते भएका प्रहरीको मृत्यु
फाइल फोटो

मकवानपुर : मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुंगाले लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।

जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैंसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो। 

मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेमा सुक्खा पहिरासँगै खसेको ढुंगाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको हो।

उनी गत बिहीबार भैंसेस्थित प्रहरी पोष्टमा काम गरिरहेका समयमा चिप्लिएर घाइते भएका थिए। यसपछि हेटौंडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुंगाले लागेर नेपाली पुनः घाइते भएका थिए। 

मृत्तक नेपाली जाजरकोटको शिवालय नगरपालिका–८ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। उनको शव आज परिवारलाई जिम्मा लगाइ जाजरकोट पठाउने तयारी भइरहेको छ।

साउन २७, २०८० शनिबार १३:४१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।