‘रियलमी’ले  पोखरामा पनि खोल्यो सर्भिस सेन्टर

‘रियलमी’ले  पोखरामा पनि खोल्यो सर्भिस सेन्टर

पोखरा : स्मार्टफोन ब्रान्ड ‘रियलमी’ले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ।

पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक संख्यालाई ध्यानमा राख्दै गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले सर्भिस सेन्टर खोलिएको कम्पनीले जनाएको छ। 

रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल्स र शंकर ग्रुपले पोखराको चिप्लेढुंगास्थित मोबाइल टावरमा सर्भिस सेन्टर खोलेको हो।

यस सर्भिस सेन्टरमा ग्राहकहरुले अत्याधुनिक प्राविधिक सहयोग र असली पार्टपुर्जाहरु लगायत सफ्टवेयर सम्बन्धी मर्मत सेवाहरु प्राप्त गर्न सक्ने छन्। 

साथै ग्राहकहरूले आधिकारिक रियलमी वेबसाइट र एपमार्फत अनलाइन पनि सहयोग पाउन सक्ने कम्पनीले जनाएको छ।

साउन २७, २०८० शनिबार १३:२४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।